देश

    बस दुर्घटना हुँदा नौ जनाको ज्यान गयो

    जगत ठाडा मगर
    २०७७ कार्तिक २८ | बिहान ०८:०७ बजे

      डोटी ।
      बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।

      जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।

      दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो । मृतकको सनाखत भइसकेको छैन ।

      दुर्घटनामा ३५ जना घाइते भएका र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

      घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेकोप्र जि अ जोशीले बताए ।

        कमेन्टहरु