देश

    यूएईका लागी निबर्तमान राजदूतले अबुधाबीको झ्यालखानामा रहेका नेपाली दाजुभाई दिदिबैनीहरुलाई भेटे

    नवलपुर टुडे
    २०७७ कार्तिक २७ | मध्यान्ह ०६:०७ बजे

      अबुधाबी । यूएईका लागी निबर्तमान राजदूत कृष्ण प्रसाद ढकालले अबुधाबीको झ्यालखानामा रहेका नेपाली दाजुभाई दिदिबैनीहरुलाई भेटेका छन् ।

      राजदूत ढकालले भनें- हामी अबुधाबीको केन्द्रीय झ्यालखानामा गएँउ, र झ्यालखानामा रहेका केही नेपाली भाईहरू र बहिनीहरु सँग कुराकानी गरेंउँ । हामीले झ्यालखानाका अधिकारीसँगको समन्वयमा उनीहरूलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छौं,हामी त्यहाँ पुग्दा नेपालीहरु खुशी भएका थिए ।

      राजदूतले भनें- हामीले केही नेपालीलाई झ्यालखानाबाट रिहा गर्न मद्दत गरेका छौं र त्यहाँका अधिकारिहरु सङ्ग समन्वयन गरि उनीहरुलाई झ्यालखानाबाट निकाल्ने हरदम कोशिस गर्नेछौं ।

      राजदूत सँगै झ्यालखानामा परेकाहरुलाई भेट्न श्रम काउंसिलर निर्मला थापा पी.आर.ओ इरफान पनि सँगै गएको कुरा राजदूत ढकालले बताए ।

        कमेन्टहरु