देश

    तनहुँको दमौलीमा मोटरसाइकलको ठक्करबाट उपचारको क्रममा मृत्यु

    नवलपुर टुडे
    २०७८ अशोज १३ | मध्यान्ह १२:०६ बजे

      दमौली । मोटरसाइकलको ठक्करबाट तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा एकजना बृद्धको मृत्यु भएको छ ।

      ग.१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट ७२ वर्षीया चेतकुमारी जैशीको बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

      पैदल हिँडिरहेकी जैसीको दमौली स्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु