राजनीति

    देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगे

    नवलपुर टुडे
    २०७८ अशोज १३ | बिहान १०:०६ बजे

      काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

      मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।
      माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् ।

      सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

        कमेन्टहरु