समाज

    सिरहाका वडा अध्यक्षद्धारा पत्रकारमाथि दुर्ब्यबहार

    नवलपुर टुडे
    २०७८ अशोज १३ | बिहान ०९:०६ बजे

      विनोद मण्डल
      सिरहा । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष रामपुकार कामतीले पत्रकारमाथि दुर्ब्यबहार गरेको छ । हावाहुरीले जोबहा प्राकृतिक वनमा ढलेको करिब १ करोड मूल्य बरावरको सखुवा काठ केही समय अगाडि देखि संकलन गरी उक्त ठाउँमा राखिएको थियो ।

      सोमबार राती करिब ८ बजेको समयमा कामातिको निर्देशनमा स १ ग ७०६ नम्बरको जेसिबी काठ चोरेर लाँदै गरेको अवस्थामा स्थानियले फेला पारी ईलाका प्रहरी कार्यालय मिर्चैयाका जिम्मा लगाएको थियो ।

      घटनाको बारेमा रिपोर्टिङका क्रममा प्रहरी कार्यालय मिर्चैया पुगेका नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाअध्यक्ष समेत रहेका गणेश प्रसाद साह माथी वडा अध्यक्ष कामती संग आएका १०/१२ जनाको समुहले दुर्ब्यबहार र हातपातको प्रयास गरेका छन् ।

      तस्करीमा संलग्न वडाअध्यक्ष कामतीलाई कानुनी कार्बाही अगाडि बढाउन जरुरी छ भने काठसहित जेसिबी जिल्ला वन कार्यालय लहान पठाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

        कमेन्टहरु