देश

    लोसपाको प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन

    नवलपुर टुडे
    २०७८ अशोज १२ | बिहान ०८:०६ बजे

      जनकपुरधाम, १२ असोज । लोसपाको प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । सोमबार जनकपुरधाममा बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो ।

      बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।
      संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारी सहितको उपस्थितिमा बसेको बैठकले सोमबार राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।

      यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

        कमेन्टहरु