राजनीति

    नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

    नवलपुर टुडे
    २०७८ अशोज १० | मध्यान्ह ०२:०६ बजे

      काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक चलिरहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक चलिरहेको छ ।

      स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दैछ । शुक्रबार देखि शुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठकमा छलफल भैरहेको छ ।

      आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदनको मस्यौदा माथि केन्द्रीय कमिटी बैठकमा छलफल चलिरहेको छ ।

        कमेन्टहरु