देश

    वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला

    नवलपुर टुडे
    २०७८ अशोज १० | मध्यान्ह ०२:०६ बजे

      काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ ।

      निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार शवको पहिचान खुलेको छैन । स्थानीयले लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको बताएका छन् ।

      शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए । रासस

        कमेन्टहरु