देश

    कैलालीको धनगढीमा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाईदै

    नवलपुर टुडे
    २०७८ अशोज १० | बिहान १०:०६ बजे

      धनगढी । धनगढीमा आजदेखि कोरोनाको पहिलो मात्राको भेरोसिल खोप लगाईदै छ । धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा आजदेखि कोरोनाविरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगेको हो।

      उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाउने कार्यक्रम रहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। खोप लगाउनका लागि अनलाइन दर्ता आवश्यक पर्ने भएको छ।

      आज र भोली लगाइने खोपको लागि ४५ वर्षभन्दा माथिका नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीहरूलाई मुख्य प्राथमिकतामा राखिएको जनाएको छ।

        कमेन्टहरु