देश

    कैलालीबाट काठमाडौं गाँजा लिएर आउने १ जना पक्राउ

    नवलपुर टुडे
    २०७८ अशोज ९ | मध्यान्ह १२:०६ बजे

      काठमाडौ । कैलालीबाट काठमाडौं बसबाट गाँजा लिएर आउने १ जना पक्राउ परेका छन् । कैलालीको टिकापुरबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २१८१ नम्बरको बसबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

      पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलन कुमार अधिकारी रहेका छन्। उनको साथबाट १ किलो ७ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

      पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

        कमेन्टहरु