देश

    पछिल्लो २४ घण्टामा १,४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

    नवलपुर टुडे
    २०७८ अशोज ८ | मध्यान्ह ०६:०६ बजे

      काठमाडौ । पछिल्लो २४ घण्टामा १,४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

      मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ संक्रमितको मृत्यु भएको छ भने १,५५० जना निको भएर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

        कमेन्टहरु