देश

    बागलुङको ओडारमा २५ थान एकनाले बन्दुक फेला

    जगत ठाडा मगर
    २०७८ अशोज ८ | मध्यान्ह १२:०६ बजे

      बागलुङ । बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोलाको ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ ।

      लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले बताएका छन् । तामानखोला गाउँपालिकाको वडा नं – ५ र ६ को सिमानामा रहेको ओडारमा उक्त बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको हो ।

      बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरुले बन्दुक ओडारमा लुकाएको एसपी कृष्ण पल्ली मगरले बताए । उनले भने– ‘त्यो कुनै सशस्त्र समूहको बन्दुक होइन्, गाउँलेहरुले लुकाएर राखेको बुझिएको छ ।’

        कमेन्टहरु