देश

    समाज कल्याण परिषदका पदाधिकारीहरुले दिए सामूहिक राजीनामा

    जगत ठाडा मगर
    २०७८ अशोज ८ | मध्यान्ह १२:०६ बजे

      काठमाडौं । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

      परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन् । परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।

      खातीका अनुसार राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको छ ।

        कमेन्टहरु