देश

    तिनाउ नदीको किनारमा बालकको शव फेला

    जगत ठाडा मगर
    २०७८ अशोज ८ | मध्यान्ह १२:०६ बजे

      बुटवल । बुटवलको तिनाउ नदी किनारमा बालकको शव फेला परेको छ ।

      देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका बालकको शव फेला परेको जानकारी दिएका छन् ।

      डिएसपी कुँवरले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।

        कमेन्टहरु