देश

    अछामका एमाले नेता रावत बेपत्ता, खोजी कार्य जारी

    जगत ठाडा मगर
    २०७८ अशोज ७ | बिहान ०८:०६ बजे

      धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्।

      असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा अनन्ते मेला हेर्न गएका बान्नीगढी जयगढ गाउँपालिका -६ दर्नाका रावत सोही दिनदेखि बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ।

      आफन्त तथा प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। रावत स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाट अध्यक्षका उम्मेद्वार बनेका थिए।

        कमेन्टहरु