देश

    सर्पको टोकाईबाट सप्तरीमा दिदीभाईको मृत्यु

    नवलपुर टुडे
    २०७८ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

      सप्तरी, ०६ असोज । सप्तरीमा सर्पको टोकाईबाट एकै परिवारका दिदीभाईको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका वडा नम्वर २ सिस्वाबेल्हीका १४ वर्षीय सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डलको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

      घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिरहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

      सुनीताको उपचारको क्रममा लहानस्थित अस्पतालमा मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले नवलपुर टुडेलाई जानकारी दिए ।

        कमेन्टहरु