देश

    रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

    नवलपुर टुडे
    २०७८ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

      बुटवल । रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ ।

      रोल्पा नगरपालिका–९ का २५ वर्षीय संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो ।

      रोल्पामै भीरबाट लडेर रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

        कमेन्टहरु