देश

    बागलुङमा बाढीले दुई घर पुरिए, मानबिय क्षेति भएन

    नवलपुर टुडे
    २०७८ अशोज ६ | बिहान ११:०६ बजे

      बाग्लुन्। बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राती आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् ।

      बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ ।

      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।

        कमेन्टहरु