देश

    अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन एक सातापछि सर्‍यो

    जगत ठाडा मगर
    २०७८ अशोज ५ | मध्यान्ह १२:०६ बजे

      काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन एक साता पछि सरेको छ ।

      यही असोज ८, ९ र १० गतेका लागि तय गरिएको सम्मेलन असोजको १४, १५, १६ गते हुने नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तयारी अपुग भएका कारण सम्मेलन सारिएको हो ।

      पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बसेको बैठकले सम्मेलनको नयाँ मिति तय गरेको हो ।

        कमेन्टहरु