देश

    काठमाडौंको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

    जगत ठाडा मगर
    २०७८ अशोज ५ | बिहान १०:०६ बजे

      काठमाडौं । काठमाडौंको नयाँ बस्तीमा सोमबार ढलले बगाएर एक महिला बेपत्ता भएकी छिन् ।

      हिजो बेलुका साढे ७ बजेतिर ठूलो पानी परेका बेला बाटो हिडिरहेको अवस्थामा अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेको प्रहरीले जनाएको छ ।

      उनको परिचय अझै खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु