देश

    भारतीय व्यापारी राज कुन्द्रा सोमबार पचास हजार धरौटीमा रिहा

    जगत ठाडा मगर
    २०७८ अशोज ४ | मध्यान्ह ०७:०६ बजे

      मुम्बई । अश्लिल भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् ।

      उनलाई मुम्बई अदालतले सोमबार साँझ धरौटीमा रिहा गरेको हो । कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि अदालतले रिहा गरेको छ ।
      उनिहरु दुबै जनालाई ५० हजार धरौटीमा अदालतले रिहा गरेको भारतीय मिडियाले जनाएका छन् ।

      चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति समेत रहेका कुन्द्रा र उनका आइटी प्रमुख थोर्पेलाई अश्लील फिल्म बनाएको आरोपमा गत जुलाई १९ मा पक्राउ गरी अनुसन्धान गरेको थियो ।

        कमेन्टहरु