देश

    प्रतिगामी संविधानलाई विरोध गर्नु पर्छ : आङ्गकाजी शेर्पा

    जगत ठाडा मगर
    २०७८ अशोज ३ | बिहान ०८:०६ बजे

      बिरोध गर्नु पर्ने कारण
      १) जननिर्वाचित ६०१ सभासदलाई थाङ्गनमा सुताएर ३ जना पहाडे पुरूष बाहुनहरूले बनाएको हुनाले ।

      २) धर्मनिरपेक्ष भनेको सनातन (हिन्दु) धर्मको रक्ष गर्नु हो भनेर लेखिएकोले ।

      ३) आदिवासी, मगर, शेर्पा, थारु तथा मधेसीहरुको ऐतिहासिक थातथलो भएका जिल्ला तथा गाउँहरुलाई टुक्राएर पहाडे पुरुष बाहुन मात्र निर्वाचित हुने ७ प्रदेश बनाएकोले ।

      ४) आदिवासी, मधेसी, महिला, दलितलाई राज्यसत्तामा समावेश गर्न ल्याएको समानुपातिक प्रतिनिधित्व हटाएको हुनाले ।

      ५) सरकारी कार्यालय, न्यायलय र विद्यालयमा पर्वते भाषालाई मात्र प्रयोग गर्नु पर्ने र आदिवासी जनजातिको मातृभाषा प्रयोग गर्ने अधिकारमाथी बन्देज लगाएकोले ।

      ६) पुरुष सरह महिलालाई अधिकार नदिएकोले ।

      ७) पूर्ण प्रेस स्वतान्त्रता हटाएको हुनाले ।

      ८) २ र ४ बर्ष उमेरका बालक सहित ८० भन्दा बढी नेपाली जनताको हत्या गरेर र हजारौलाई घाईते बनाए लेखिएको संविधान भएकोले ।

        कमेन्टहरु