देश

    कपिलवस्तु निवासी अनिताकाे जीवन रक्षाका लागि “अनिता वि.क. बचाउ अभियान “

    जगत ठाडा मगर
    २०७८ अशोज ३ | बिहान ०८:०६ बजे

      कपिलवस्तु । जिल्लाकाे बाणगंगा नगरपालिका वडा नं. ८ निवासी अनिता वि.क.को काठमाडौंमा उपचार भईरहेको छ । चप्परगाउँ निवासी अनिता अहिले मृत्युसंग लडिरहेकी छन् । झबिन्द्र वि. क. की श्रीमति अनिता २ महिनाको सुत्केरी अवस्थामा काठमाडौँ मेडिकल कलेजमा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठायो । तर घर पठाइदिएको ७ दिनपछि पुनः फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia)मा (myasthenic crisis) रोगको उपचार गराइ रहेको छ ।

      जसको लागि धेरै रकमको आवश्यक पर्ने देखिएको पारिवारिक स्रोतले जनाएको छ । अनिताको स्वास्थ्य अवस्थामा सहयोग होस् भन्नका लागी अहिले सामाजिक संजालमार्फत ‘अनिता बचाऊ अभियान’ समेत संचालन गरिएको छ ।

      निजको आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि आर्थिक सहयोग गरिदिन परिवारले सबै समक्ष अनुरोध गरेको छ ।

      NMB Bank limited Bangain Branch.(Jhabindra B.k)
      खाता न: 0510145900400018
      Global IME Bank Bangain Branch.(Santosh B.K)
      खाता न: O707010006294

        कमेन्टहरु