देश

    घोडाबाट लडे मुख्यमन्त्री शाही, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

    जगत ठाडा मगर
    २०७७ कार्तिक २२ | मध्यान्ह ०८:०७ बजे

      कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन् ।

      उनको टाउकोमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।

      उनको अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले बताए । ‘बाहिरी चोट खासै छैन । सिटी स्यानको रिपोर्ट आएपछि अरु कन्न सकिएला’ उनले भने ।

        कमेन्टहरु