देश

    बिराटनगरमा एकै गाउँका आठसहित ११ फरार अभियुक्त पक्राउ

    जगत ठाडा मगर
    २०७८ अशोज २ | मध्यान्ह ०४:०६ बजे

      बिराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले एकै गाउँका आठसहित ११ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार कुटपिट मुद्दामा एकै गाउँका आठजना, लुटपाटका दुईजना र सवारी ज्यान कसुरमा कैद र जरिवाना सजाय पाएका एक गरी ११ फरार अभियुक्तलाई एकै दिन पक्राउ गरेको हो ।

      कुटपिट कसुरमा पक्राउ पर्ने एकै गाउँका अभियुक्तहरूमा मोरङ रंगेली नगरपालिका–६ का २८ वर्षीय रमजान मिया, ५८ वर्षीय उसमान मिया, ४८ वर्षीया अन्जु खातुन र उवारत खातुन, ३० वर्षीय अब्बास मियाँ, २७ वर्षीय फुच्चे मियाँ, ३१ वर्षीय कैलु मियाँ, ३५ वर्षीय साहेजबी खातुन रहेका छन् ।

      उनिहरुलाई १२ असार २०७३ असार १२ मा मोरङ जिल्ला अदालतले कैद र जरिवाना सजाय गरेको थियो । उनीहरू सबै एकै गाउँमा बस्ने आफन्तहरू हुन् । यसैगरी, लुटपाट कसुरमा फरार रहेका सुनवर्षी नगरपालिका–६ का ५३ वर्षीय रमेश भुजेल र २३ वर्षीय सुरज भुजेल तथा १४ पुस २०७० मा सवारी ज्यान मुद्दामा कैद र जरिवाना सजाय पाएका रंगेली नगरपालिका–२ बिबियाबिर्ताका ३५ वर्षीय सत्यलाल उरावलाई पनि प्रहरीले पक्राउ गरेको छ।

      पक्राउ परेका सबैलाई शुक्रबार नै जिल्ला अदालत मोरङमा बुझाएको रंगेली प्रहरीले जनाएको छ ।

        कमेन्टहरु