देश

    सिराहामा जनता समाजबादी पार्टीको नगर कमिटी गठन

    जगत ठाडा मगर
    २०७८ अशोज २ | बिहान ०७:०६ बजे

      विनोद मण्डल
      सिरहा । जनता समाजबादी पार्टीको नगरमा युवा नेता दिलीप लामा राजनीतिक छलफलमा व्यस्त भएका छन् ।
      उनको सक्रियतामा नगर नगर कमिटी गठन गरेको छ ।

      नेकपा एमालेका लाल किल्ला भनेर चिनिएका साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ खुट्टी खोलाको सोमबारे बस्तीमा जनता समाजवादी पार्टीको भेला गरि नगर कमिटी गठन गरेको हो ।

      जनता समाजवादी पार्टीका यूवा नेता दिलीप लामाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय विजय कुमार यादव लगायत जिल्लाका बरिष्ट नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा १७ सदस्य वडा कमिटी गठन भएको छ ।

      खुटी खोलाको सोमबारेमा आयोजित कार्यक्रममा धनगढी माई १४ को वडा सदस्य हिरादेवि मगरले एमाले पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ ।

      कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन । नयाँ प्रबेश गर्नेलाई माननीय विजय कुमार यादवले अबिर लगाएर स्वागत गरेका हुन् ।

        कमेन्टहरु