देश

    सिराहाको कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी

    जगत ठाडा मगर
    २०७८ अशोज १ | मध्यान्ह ०२:०६ बजे

      लहान । हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनः तालाबन्दी गरेका छन् ।

      नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।

      कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनः तालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जानकारी दिनुभयो ।

      जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वजानिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्न नसकेको र हरहिसाबसमेत सार्वजनिक नगरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको उहाँले बताउनुभयो । रास

        कमेन्टहरु