देश

    एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन

    जगत ठाडा मगर
    २०७८ अशोज १ | मध्यान्ह ०१:०६ बजे

      काठमाडौ । नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ ।

      पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच काठमाडौँस्थित नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । नेपालले रिबन काट्दै नयाँ भवनमा प्रवेश गरेका थिए ।

      पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

      नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो ।

      एकीकृत समाजवादीले यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।

        कमेन्टहरु