देश

    नवलपुरमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७७ कार्तिक १९ | बिहान ०९:०७ बजे

      पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जनाको निधन भएको छ ।

      पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ कुलेनी निवासी ६५ बर्षीय जंगिलाल मुखियालाई आफ्नै बारीमा गएको बेला गैडाले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
      आइतबार विहान ६ बजेतिरको समयमा मुखियालाई गैडाले आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते मुखियाको विहान पौने ९ बजेतिर पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो ।
      आक्रमण गर्ने गैडा चितवन राष्ट्रिय निकुञ्जतर्फ गएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु