देश

    भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

    जगत ठाडा मगर
    २०७७ कार्तिक १८ | मध्यान्ह ०४:०७ बजे

      काठमाडौं । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो ।

      मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

      घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

        कमेन्टहरु