देश

    प्रदेश २ : एकीकृत समाजवादीको संसदीय दलको नेतामा महतो चयन

    जगत ठाडा मगर
    २०७८ भदौ २८ | मध्यान्ह ०४:०५ बजे

      जनकपुरधाम, २८ भदौ । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन प्रसाद महतोलाई चयन गरिएको छ ।

      संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए ।
      संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका थिए ।

      केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको नेकपा एसले जनाएको छ । तर, कहिले र कतिवटा मन्त्रालयमा सहमति हुने भन्ने टुंगो लाग्न बाँकी रहेको सांसद यादवले जानकारी दिए । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा एस रोजेका थिए ।

        कमेन्टहरु