देश

    प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने

    जगत ठाडा मगर
    २०७८ भदौ २७ | मध्यान्ह ०१:०५ बजे

      जनकपुरधाम, २७ भदौ । प्रदेश २ सरकार कोरोना माहामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ ।

      प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ ।

      संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चार माध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन÷प्रसारण गराउने निर्णय पनि गरेको छ ।

      मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

        कमेन्टहरु