देश

    एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मंगलबार बस्दै

    जगत ठाडा मगर
    २०७८ भदौ २६ | मध्यान्ह ०५:०५ बजे

      काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आगामी भदौ २९ गते मंगलबार काठमाडौंमा बस्ने निर्णय भएको छ ।

      बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

      यसअघि, पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले)बाट विभाजन भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय संगठन निर्माण गरिरहेको छ ।

      पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ । रासस

        कमेन्टहरु