दुबई यूएई, प्रबास, बिश्व

    एनआरएनए एनसीसी यूएईद्वारा बाढीपीडितका लागि ११ लाख ३५ हजार रुपैयाँ सहयोग

    कबिराज राजबंशी
    २०८३ भदौ १९ | बिहान ०५:०५ बजे

       

      IMG 20260904 035400

      प्रवास दुबई, यूएई |

      नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु. ११ लाख ३५ हजार २४९ सहयोग गरेको छ।

      एनआरएनए एनसीसी यूएईले संकलन गरेको उक्त रकम एनआरएनए आईसीसी मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत बाढीपीडितको राहतका लागि हस्तान्तरण गरिएको हो।

      IMG 20260903 WA0217

      रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल जङ्ग कार्की, उपाध्यक्ष सबिन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेत लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

      IMG 20260903 WA0214

      नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको हो।

      यसैबीच, एनआरएनए एनसीसी यूएईका महासचिव कमल जङ्ग कार्कीले उक्त सहयोगसम्बन्धी जानकारी नवलपुर टुडेलाई दिनुभएको हो। प्रवासी नेपाली समुदायले विपद्का समयमा मातृभूमिका नागरिकलाई सहयोग गर्दै आएको उल्लेख गर्दै एनआरएनए एनसीसी यूएईले आगामी दिनमा पनि आवश्यक मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।

        कमेन्टहरु