मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

    स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा हिमालीमा सम्पन्न

    उमेश रोकाया
    २०८३ भदौ १८ | बिहान १०:०५ बजे

      काठमाडौ, भदौ १९ । बाजुरा जिल्ला हिमाली गाउँपालिका बाजुरामा आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रमहरू को वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि , स्वास्थ्य शाखा, सम्पुर्ण स्वास्थ सस्थाका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला निकायको सक्रिय सहभागीता रहेको थियो ।

      कार्यक्रममा स्वास्थ्य सस्था , शाखा र साझेदार निकायबाट बर्षभरि सन्चलित स्वास्थ्य कार्यक्रमको समिक्षा गर्दै उपलब्धि, प्रगति, कार्यसम्पादनको अवस्था, देखिएका समस्या र चुनौती पहिचान गरी आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

      कार्यक्रममा पालिकाभित्रका स्वास्थ्य संस्थाहरूले आ-आफ्नो क्षेत्रको मातृ तथा बाल स्वास्थ्य, खोप, पोषण, सुरक्षित मातृत्व, गाउँघर क्लिनिक र महामारी नियन्त्रणलगायतका क्षेत्रमा हासिल गरेका उपलब्धि, भोग्नुपरेका चुनौती र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले बताउनुभयो ।

      ​हिमाली जस्तो दुर्गम क्षेत्रमा प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद पनि नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गरेकोमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। आगामी दिनमा स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार सुधार, आवश्यक औषधि र जनशक्तिको व्यवस्थापन गर्दै सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध छ।”

      साथै, आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको गुणस्तर, पहुँच, प्रभावकारिता तथा सेवाग्राही मैत्री सेवा प्रवाहलाई थप बलियो बनाउने उद्देश्यले आवश्यक योजना, रणनीति तथा प्राथमिकताका कार्यक्रम सम्बन्धमा छलफल तथा योजना तर्जुमा गरिएको छ। कार्यक्रमले विगतका अनुभव र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनमा स्वास्थ्य कार्यक्रमलाई थप गुणस्तरीय र प्रभावकारि बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

        कमेन्टहरु