खेलकुद

    एसीसी प्रिमियर कप: मलेसियाले दियो नेपाललाई १०४ रनको लक्ष्य

    नवलपुर टुडे
    २०८३ भदौ १८ | बिहान १०:०५ बजे

      काठमाडौं । घरेलु टोली मलेसियाले एसीसी प्रिमियर कपमा नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार यूकेएम यूएसडी ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो ।

      मलेसियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४, मोहम्मद स्याहदत रमीलले १३ रन जोडे । नेपालका करण केसीले चार, ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानले एक/एक विकेट लिए ।

      नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेटको जित निकालेको थियो । मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

      मलेसियाले पहिलो खेलमा साउदी अरेबियाविरुद्ध ९३ रनको सहज जित दर्ता गरेको थियो ।

        कमेन्टहरु