बाढी/पहिरो

    चीनले केरुङमा रोकिएका १२५ नेपालीलाई स्वदेश फर्काउँदै

    नवलपुर टुडे
    २०८३ भदौ १८ | बिहान ०८:०५ बजे

      काठमाडौं । बाढीका कारण चीनको केरुङमा अड्किएका नेपाली आज स्वदेश फर्कने भएका छन्। चिनियाँ पक्षले आज १२५ जना नेपालीलाई नेपाल फर्काउन लागेको हो।

      भदौ १० गते भोटेकोशी खोलामा आएको भीषण बाढीका कारण केरुङमा पुगेका नेपाली त्यही अड्किएका थिए। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले दूतावासमार्फत नेपाल फर्काउन लागिएको जानकारी दिए।

        कमेन्टहरु