समाज

    विपत् र दुःखीको सहारा बन्दै समाजसेवी यादव: भोटेकोशीमा बेपत्ता  परिवारलाई राहत

    नवलपुर टुडे
    २०८३ भदौ १७ | मध्यान्ह ०७:०५ बजे

      नवलपरासीभदौ १७   पश्चिम नवलपरासीको सरावल गाउँपालिका क्षेत्रमा विपत्सङ्कट वा दुःख पर्दा सबैभन्दा पहिले अग्रसर हुने एउटा परिचित नाम हो— वीरेन्द्र यादव । उद्योग वाणिज्य सङ्घ सरावलका उपाध्यक्ष समेत रहनुभएका यादव सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै गाउँवासीका सुख-दुःखको सच्चा सारथी बन्दै आउनुभएको छ।

      यसै क्रममाभोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका सरावल गाउँपालिका–१ नयाँ टोलका ३५ वर्षीय माधव चौधरीको पीडित परिवारलाई यादवले घरमै पुगेर राहत उपलब्ध गराउनुभएको छ।

      वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा कार्यरत माधव बाढीपछि बेपत्ता भएपछि उनको परिवार छाक टार्नै नसक्ने अवस्थामा पुगेको थियो । घरको एक मात्र कमाउने व्यक्ति हराएपछि सहाराविहीन बनेकी श्रीमती सीता चौधरी र साना बालबालिकाको दर्दनाक अवस्था बुझेर यादव खाद्यान्न सामग्री बोकेर उहाँहरूकै आँगनमा पुग्नुभयो।

      यादवले परिवारलाई करिब एक महिनासम्म पुग्ने चामलदालआलुप्याजखानेतेल लगायतका आवश्यक खाद्य सामग्री हस्तान्तरण गर्नुभएको छ। राहत प्रदान गर्दै उहाँले भन्नुभयो, “दुःखको यो घडीमा चौधरी परिवारलाई एक्लो पर्न दिने छैनौँ। खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुका साथै आगामी दिनमा पनि सक्दो सहयोग जारी राख्नेछौँ।”

      वर्षौँदेखि नि:स्वार्थ समाजसेवामा समर्पित

      वीरेन्द्र यादवका लागि समाजसेवा कुनै नयाँ विषय होइन। उहाँले वर्षौँदेखि सरावल गाउँपालिकाभित्र कसैको मृत्यु हुँदा शोकसन्तप्त परिवारलाई ठूलो आर्थिक र सामाजिक राहत दिँदै आउनुभएको छ।

      गाउँपालिकाभित्र जुनसुकै व्यक्तिको निधन हुँदा शवलाई पवित्र धार्मिक स्थल त्रिवेणी धामसम्म लैजानका लागि नि:शुल्क सवारी साधन (गाडी) को व्यवस्था र दाहसंस्कारका लागि आवश्यक पर्ने दाउरा यादवले वर्षौँदेखि आफ्नै निजी खर्चमा उपलब्ध गराउँदै आउनुभएको छ । आफन्त गुमाएर शोकमा परेका परिवारलाई गाडी र दाउराको जोहो गर्ने थप झन्झटबाट मुक्ति दिलाउँदै उहाँले देखाएको यो मानवीय भावनाको सिङ्गो गाउँपालिकाभरि उच्च प्रशंसा हुने गरेको छ।

      उद्योग वाणिज्य सङ्घको उपाध्यक्षका रूपमा व्यवसायीका हकहितमा आवाज उठाउने मात्र नभईसामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यादवको यो शैलीले स्थानीय माझ उहाँको पहिचान एक समर्पित र भरोसायोग्य समाजसेवीका रूपमा स्थापित भएको छ।

      यसैबिचबेपत्ता माधव चौधरीकी श्रीमती सीता चौधरीले आफ्नो श्रीमान्‌को खोजी र उद्धारका लागि पहल गरिदिन स्थानीय प्रशासन र सम्बन्धित निकायहरूसँग भावुक अपिल गर्नुभएको छ। संकटको बेला घरमै आएर खाद्यान्न सहयोग गर्नुभएकोमा उहाँले समाजसेवी वीरेन्द्र यादवप्रति गहिरो आभार व्यक्त गर्नुभयो।

      तस्बिर राहत उपलब्ध

      WhatsApp Image 2026 09 02 at 111541 AM Picsart AiImageEnhancer

        कमेन्टहरु