बागमती प्रदेश, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
एमाले केन्द्रीय सदस्य बोगटी बाढी प्रभावित परिवारसँग भेटघाट संगै आर्थिक सहयोग


काठमाडौ, भदौ १७ । एमाले केन्द्रीय सदस्य बोगटी द्वारा बाढी प्रभावित परिवारसँग भेटघाट र व्यक्तिगत आर्थिक सहयोग गरेका छन । भदौ १० गते रसुवा गएको भीषण बाढीका कारण ठूलो क्षति भोगेका र सम्पर्कविहीन हुन पुगेका परिवारहरू सँग नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य सहदेव बोगटीले प्रत्यक्ष भेटघाट कार्यक्रम संगै सान्त्वना प्रदान गर्नुभएको छ।
जिल्लामा एक अब्बल, तल्लो तहसम्म जोडिएका र अब्बल राजनीतिक नेतृत्वका रूपमा चिनिनुभएका नेता बोगटीले संकटको यस घडीमा बाढीपीडित आफन्त बाजुरा जिल्ला हिमाली गाउँपालिका -६ घर भएका सम्पर्क बिहिन मोहन रोकाया, बिक्रम भण्डारी सोही वडाका दिपे सार्की र बिसि पाण्डेको घरपरिवारलाई भेटेर व्यक्तिगत तर्फबाट ५ हजार रुपैयाँ दरले चारजना रसुवा बाढीपछि सम्पर्क बिहिन बिक्रम भण्डारी भाइ विपिन भण्डारी, मोहन रोकाया श्रीमती बिमला रोकाया, दिपे सार्की श्रीमती मनसरी सार्की र बिसी पाण्डे श्रीमती नानी पाण्डेलाई सानोतिनो रकम भएपनी घाउमा मलम लगाउने आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो।
विपदको यस्तो कठिन परिस्थितिमा पनि उहाँले पीडित परिवारहरूसँग निरन्तर सम्पर्क कायम राख्नुभएको छ। प्रत्यक्ष उपस्थिति सम्भव नभएका ठाउँमा टेलिफोनमार्फत र अन्य स्थानमा स्वयम् उपस्थित भई उहाँले पीडितहरूसँग दुःख-सुख साट्दै निरन्तर अभिभावकत्व प्रदान गरिरहनुभएको छ।
नेता बोगटीले संकटका बेला जनताको साथमा उभिनु नै सच्चा राजनीति र समाजसेवा भएको बताउँदै बाढीका कारण समस्यामा परेका अन्य परिवारहरूसम्म पनि निरन्तर सम्पर्क र सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ।





