समाज

    लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    नन्द किशोर कुर्मी (लालु)
    २०८३ भदौ १७ | बिहान ११:०५ बजे

      कपिलवस्तु । लैंगिक हिंसा न्यूनीकरण तथा सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले वडा प्रहरी कार्यालय, चन्द्रौटाको आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

      समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा लैंगिक हिंसा, घरेलु हिंसा तथा महिला र बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो। कार्यक्रममा प्रहरी, स्थानीय समुदाय तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समाजमा हुने हिंसाका घटना न्यूनीकरणका लागि परिवार, समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

      कार्यक्रममा लैंगिक हिंसाविरुद्ध सचेतना फैलाउँदै पीडितले आफूले भोगेको हिंसाबारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्नेमा समेत जोड दिइएको थियो।

        कमेन्टहरु