बागमती प्रदेश, मुख्य समाचार, समाचार
सरकार सँग एउटै बिन्ती, लास वा आशाको खबर दिनुहोस्


बाजुरा । रसुवा टिमुरे बजारमा भीषण बाढी पछि सम्पर्क बिहिन ३५ वर्षीया बिक्रम भण्डारीको खोजीकार्य गरिदिन अपिल गरेका छन । रसुवाको भोटेकोशी बाढीको सातौदिन हुदापनि उहाँ भेटिनुभयको छैन। हे भगवान उहाँहरु सकुसल भयको सुखद समाचार चाडै सुन्न पाउ ।
रसुवाको टिमुरेमा बाढीपछि सम्पर्कविहीन बाजुरा जिल्ला हिमाली गाउँपालिका–६ पाँडी घर भएका बिक्रम भण्डारी हाल रसुवा टिमुरे बजारमा ज्यामी काम गरेर आउनुभएको अहिलेसम्म कुनै अत्तोपत्तो नपाएको उनका भाइ विपिन भण्डारीले बताएका छन । रसुवाको टिमुरेमा ज्यालादारी कामको सिलसिलामा रसुवा (टिमुरे) बजारमा बसाई गर्दै आउनुभएको थियो।
नेपाल सरकार सँग हाम्रो एउटै बिन्ती छ—आफ्नो दाजुको लास होस् या आशा केही त खबर दिनुहोस्। यत्रो दिन बितिसक्दा पनि कुनै सम्पर्क र जानकारी नहुँदा हामी अत्यन्त पीडामा छौँ । कृपया खोजी तथा उद्धार कार्यलाई तीव्र रूपमा गरिदिन उहाँको घरपरिवारले अनुरोध गरिरहेका छन । सम्पर्क लागि 974-1720090 यो नम्बर खोजीकार्यका लागि सहयोग गरिदिनु उनका भाइ विपिन भण्डारीले बताएका छन।





