देश

    दुईवटा संसदीय समितिको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८३ भदौ १७ | बिहान ०६:०५ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

      अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ९ बजे बस्नेछ ।

      विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ ।

        कमेन्टहरु