समाज

    गढीमाई नगरपालिकाका करार कर्मचारी तलब भुक्तानीको माग गर्दै धर्नामा

    अशोक यादव
    २०८३ भदौ १६ | मध्यान्ह ०२:०५ बजे

      रौतहट भदौ 16  । रौतहटको गढीमाई नगरपालिकामा कार्यरत सम्पूर्ण करार कर्मचारीहरू बाँकी रहेको तलब तथा भत्ता भुक्तानीको माग गर्दै नगरपालिकाको कार्यालय परिसरमा शान्तिपूर्ण धर्ना बसेका छन्।

      करार कर्मचारीहरूले आफूहरूको आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८२/८३ सम्मको बाँकी तलब भत्ता तत्काल एकमुष्ट भुक्तानी गर्न माग गरेका छन्। लामो समयदेखि तलब नपाउँदा दैनिक जीवनयापनमा समस्या भएको भन्दै कर्मचारीहरूले नगरपालिकाको ध्यानाकर्षण गराउन धर्ना कार्यक्रम आयोजना गरेको बताएका छन्।

      धर्नामा बसेका कर्मचारीहरूले बाँकी बक्यौता तलब भुक्तानी नभएसम्म नगरपालिकाअन्तर्गतका वडा कार्यालयहरू बन्द गरी शान्तिपूर्ण आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले कार्यालय बन्द हुँदा सेवाग्राहीलाई पर्न सक्ने असुविधाको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने बताएका छन्।

      कर्मचारीहरूले नगरपालिकाले आफ्नो मागप्रति तत्काल गम्भीर भएर बाँकी तलब–भत्ता भुक्तानीको व्यवस्था गर्नुपर्ने बताएका छन्। धर्ना कार्यक्रम सम्पूर्ण करार कर्मचारीहरूको सहभागितामा भइरहेको जनाइएको छ।

      WhatsApp Image 2026 09 01 at 13.29.28 1

        कमेन्टहरु