बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकका जनप्रतिनिधि र कर्मचारी परिश्रमिकबाट २ दिनको रकम बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने


बाजुरा, भदौ १५ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सुविधा एंव परिश्रमिकबाट २ दिनको हुन आउने रकम रसुवा जिल्लाको वाढी प्रभावित क्षेत्रमा सहयोगका लागी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोपउद्दार कोषमा जम्मा गर्ने भय छ ।
रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको वाढीका कारणरसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका विभिन्न क्षेत्रहरु प्रभावित भई मानवीय तथा जनधनमा ठुलोक्षेति भएको हुदाँ उक्त क्षेति प्रति गाउँपालिका परिवार गहिरो दुःख व्यक्त गर्दछ । विपदमा परेकाआफ्ना आफन्तजन गुमाएका र बेपत्ता आफन्तको पर्खाइमा रहेका सम्पूर्ण परिवारजनप्रति गाउँपालिकाकोतर्फबाट गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रभावित क्षेत्रमा यस गाउँपालिकामा बसोबास गर्ने मध्ये कोहीहालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको भएमा तपशिलमा उल्लेखित सम्पर्क नम्बरहरुमा यथाशीघ्र जानकारी गराई खोज तथा उद्धार कार्यमा सहयोगका लागि हार्दिक अपिल गरेको छ । उक्त विपदबाट ज्यान गुमाउनु हुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भई उपचाररत रहनुभएकाव्यक्तिहरु प्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै गाउँपालिकाका पदाधिकारीहरु गाउँपालिका अन्तर्गत सम्पूर्ण कर्मचारीहरुले पाउने सेवा, सुविधा एंव परिश्रमिकबाट २ दिनको हुन आउनेरकम रसुवा जिल्लाको वाढी प्रभावित क्षेत्रमा सहयोगका लागी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोपउद्दार कोषमा जम्मा गर्ने गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।





