सप्तकोशीमा बाढीको जोखिम बढ्यो, २१ ढोका खुला
देवराजा यादव
२०८३ भदौ १४ | मध्यान्ह ०६:०५ बजे

सुनसरी । सुनसरी सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। कोशी ब्यारेजमा साँझ ६ बजेर २५ मिनेटमा पानीको बहाव १ लाख ८४ हजार ७ सय ८५ क्युसेक पुगेको छ।
पानीको सतह बढ्दो क्रममा रहेको र अवस्था खतरा तहमा पुगेको जनाइएको छ। पानीको दबाब व्यवस्थापन गर्न कोशी ब्यारेजका २१ वटा ढोका खोलिएका छन्। पानीको बहाव अझै बढ्न सक्ने भएकाले कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान आग्रह गरिएको छ।





