यातायात

    बाढीपहिरोले विभिन्न जिल्लामा यातायात प्रभावित

    रासस
    २०८३ भदौ १४ | बिहान १०:०५ बजे

      काठमाडौं । बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

      इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध रहेका सडक विभागले जनाएको छ ।

      नुवाकोटको शिवपुरी गाउँपालिका–५, घडेरीखोला क्षेत्रमा टोखा–छहरे सडकखण्ड पहिरोका कारण प्रभावित छ ।

      मकवानपुरको हेटौँडा–ठिंगन–वाग्मती–ललितपुर सडकखण्डमा सम्भावित बाढीपहिरोको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

      लगातारको वर्षा तथा बाढीपहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुन सक्ने भएकाले यात्रा गर्नुअघि बाटोको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

        कमेन्टहरु