दुबई यूएई, प्रबास, विश्व

    प्रवासी भूमि युएईमा जनैपूर्णिमा तथा रक्षा बन्धन विशेष कार्यक्रम सम्पन्न

    कबिराज राजबंशी
    २०८३ भदौ १३ | मध्यान्ह ०४:०५ बजे

      IMG 20260829 142800

      दुबई, युएई

      संयुक्त अरब इमिरेट्स (युएई) मा हिन्दू धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जनैपूर्णिमा तथा रक्षा बन्धन विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

      IMG 20260829 WA0234

      धार्मिक गुरु तथा पण्डित प्रदीप दाहालको नेतृत्वमा वैदिक विधि तथा धार्मिक परम्पराअनुसार सम्पन्न कार्यक्रममा सहभागी भक्तजन तथा नेपाली समुदायका सदस्यहरूले विधिपूर्वक नयाँ जनै धारण गर्नुका साथै रक्षा बन्धन ग्रहण गरेका थिए।

      IMG20260828164922

      प्रवासमा रहेर पनि नेपाली मौलिक धर्म, संस्कार र संस्कृतिलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले नेपाली समुदायबीच धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको भावना थप मजबुत बनाएको आयोजक पक्षले जनाएको छ।

      IMG 20260829 WA0228

      कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने कान्तिपुर फुड स्टफका सञ्चालक अर्जुन कँडेल, नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल प्रसाद पराजुली तथा युवा ज्योतिष गुरु सम्पत कुमार न्यौपानेप्रति आयोजकले विशेष धन्यवाद तथा आभार व्यक्त गरेको छ। उहाँहरूको सहयोग र सक्रियताले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

      IMG 20260829 WA0013

      कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान, नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल प्रसाद पराजुली, श्रीवैष्णव परिषद् युएईका अध्यक्ष मणि राम खतिवडा, प्रमुख सल्लाहकार बेद प्रसाद अर्याल, समाजसेवी एकेन्द्र बहादुर थापा, क्षत्री समाज नेपाल युएईका अध्यक्ष कृष्ण बहादुर ढकाल, नेपाली समाज युएईका पूर्व अध्यक्ष गोविन्द ढकाल, नवलपुर टुडेका सम्पादक कविराज राजवंशी, नारी शक्ति समाज युएईकी अध्यक्ष संगीत अधिकारी, सनातन गौ संरक्षण अभियान युएईका अध्यक्ष रमेश न्यौपाने, हिन्दु जागरण नेपाल युएईका अध्यक्ष केशव सनातनी, निवर्तमान अध्यक्ष भूमि राज कँडेल तथा व्यवसायी सरोज बिष्टलगायत विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

      IMG20260828172720

      कार्यक्रमले प्रवासी भूमिमा नेपाली सनातन धर्म, मौलिक संस्कृति, धार्मिक परम्परा र सामाजिक सद्भावलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

        कमेन्टहरु