प्रबास

    चीनले तिब्बतमा फेरि सुरु गर्‍यो उद्धार कार्य

    एजेन्सी
    २०८३ भदौ १२ | मध्यान्ह ०६:०५ बजे

      काठमाडौँ । चीनले तिब्बतमा बाढी प्रभावितहरूको उद्धार कार्य फेरि थालेको छ । चीनको सरकारी टिभी सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले छापेको समाचार अनुसार पानी थुनिएर बनेको तालबाट पानी तलतिर झर्न रोकिएपछि उद्धार कार्य सुचारु गरिएको हो ।

      यसअघि भने चीनले तालबाट बाढीको जोखिम बढेको भन्दै तीन घण्टा जति उद्धार कार्य रोकेको थियो । भोटेकोशीमा आएको बाढीका कारण तिब्बतको सीमावर्ती क्षेत्रमा ५५० भन्दा धेरै मानिस हराइरहेको बताइएको छ । यीमध्ये २६० जना कैलाश मानसरोवर जान लागेको तीर्थयात्री भएको बताइएको छ ।

        कमेन्टहरु