प्रबास

    नेपालमा पहिरोको विपद् : चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश

    एजेन्सी
    २०८३ भदौ १२ | मध्यान्ह ०४:०५ बजे

      काठमाडौँ। नेपालमा हालै गएको विनाशकारी पहिरोबाट भएको जनधनको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले दुःख व्यक्त गरेका छन्।

      उनले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै उक्त प्राकृतिक विपद्प्रति गहिरो सहानुभूति प्रकट गरेका हुन्।

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपछि ९ सय ७७ जना अझै सम्पर्कविहीन रहेको बताएको छ ।

        कमेन्टहरु