समाज

    आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव

    रासस
    २०८३ भदौ १२ | मध्यान्ह ०३:०५ बजे

      तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार ९ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् ।

      बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका २३ वटा शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

      फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उनले बताए ।

        कमेन्टहरु